संसदीय छानबिन समिति : कार्यदलले गर्‍यो ४ बुँदे सहमति

नेपालभ्युज

संसदीय छानबिन समिति : कार्यदलले गर्‍यो ४ बुँदे सहमति
मंगलबार बसेको कार्यदलको बैठक ।

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको छ ।

मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकले सो सहमति गरेको हो ।

चार बुँदे सहमतिमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने जस्ता विषय छन् ।

केही सहकारीमा बचत गरिएको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । उसले समिति गठनका लागि दबाबस्वरुप संसद् पनि अवरोध गरेको थियो । सुरुवातमा सत्ता पक्ष समिति गठनका लागि तयार भएको थिएन । तर सदन अवरोध भइरहेपछि समिति गठनको सहमति जुटेको थियो ।

जेठ ५ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका नेताहरूले संसदीय समिति गठन गर्ने र त्यसको कार्यादेश (टीओआर) टुंग्याउन कार्यदल गठन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved