डा.सिके राउतले काठमाडौंबाट ‘नौलो गणतन्त्र’ आन्दोलनको घोषणा गर्दै

नेपालभ्युज

डा.सिके राउतले काठमाडौंबाट ‘नौलो गणतन्त्र’ आन्दोलनको घोषणा गर्दै

काठमाडौं । गणतन्त्र दिवसकै दिन पारेर जनमत पार्टीले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्दैछ ।

पार्टीका अध्यक्ष डा. सीके राउतले काठमाडौंको भृकुटीमण्डपमा आज हुने उद्घोष सभामा आन्दोलनको घोषणा गर्ने भएका हुन् ।

सभामा अध्यक्ष राउतसँगै पार्टीका अन्य नेताहरूले पनि सम्वोधन गर्ने छन् । कार्यक्रमका लागि मधेस सहितका जिल्लाबाट  जनमतका नेता कार्यकर्ता काठमाडौं आइसकेका छन् ।

कतिपय कार्यकर्ताहरु रात्री बस मार्फत काठमाडौं आउने क्रम जारी रहेको नेता बुद्धिराज न्यौपानेले बताए । मुलुकमा गणतन्त्र आएको डेढ दशक बितिसक्दा पनि जनताले महसुस गर्न नसकेकाले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्न लागिएको न्यौपानेले बताए ।

विहान ११ बजे भृकुटी मण्डपसहित विभिन्न स्थानबाट निस्किने सांस्कृतिक झाँकीसहितको र्याली भद्रकाली, शहीद गेट, बीर अस्पताल र रत्नपार्क हुँदै पुनः भृकुटी मण्डपमा फर्किएपछि सभामा परिणत हुनेछ ।

राजनीतिक दल र नेताहरूको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचारका कारण मुलुक असफल राष्ट्र बन्न लागेको जनमतको ठहर छ । देश विकासका लागि जनता फेरि एकपटक जागरुक हुनु परेको भन्दै ‘नौलो गणतन्त्र’को आन्दोलनमा होमिन जनमतले आव्हान पनि गरेको छ ।

गरिबी र बेरोजगारलाई केन्द्रविन्दुमा राखेर राजनीति गर्ने जनमतले बताउदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved