देउवाले संसद बैठक र बजेटका विषयमा रणनीति तय गर्न विपक्षीदलहरुको बैठक बोलाए

नेपालभ्युज

देउवाले संसद बैठक र बजेटका विषयमा रणनीति तय गर्न विपक्षीदलहरुको बैठक बोलाए

काठमाडौं । संसद बैठक बस्नु अघि नेपाली कांग्रेसले विपक्षीदलहरुको बैठक बोलाएको छ ।

बैठक बिहान १० बजे बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यकक्षमा बस्ने बताइएको छ । सरकारले आज सार्वजनिक गर्न लागेको बजेट अगाडि विपक्षीदलहरुको बैठक बस्न लागेको हो ।

संसद बैठक र बजेटका विषयमा प्रतिपक्षी दलको रणनीति तय गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको बैठक डाकेका हुन् ।

यसअघि पनि देउवाले प्रतिपक्षी दलको बैठक बोलाउँदै आएका छन् । प्रतिपक्षी दलको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved