काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट सार्वजनिक गर्दै छ । राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ ।
यसका लागि संघीय संसदका दुवै सदनको बैठक बोलाइएको छ ।
अर्थमन्त्री वर्षमान पुनले सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।
स्रोत अभावका बाबजुद पनि सरकारले आन्तरिक र बाह्य ऋणको आकार बढाएरै भएपनि लगभग १९ खर्बको बजेट ल्याउने तयारी गरेको छ ।
त्यस्तै सरकारले २५ प्रतिशतले राजस्व वृद्धिको लक्ष्य लिएको छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले भने सरकारलाई १८ खर्बको सिलिङ दिएको थियो ।
राजनीतिक तहबाट केही नयाँ कार्यक्रमको प्रस्ताव आएपछि बजेटको आकार बढाउन प्रधानमन्त्री प्रचण्ड बाध्य भएका हुन् ।
आउँदो साउन १ गतेबाट कार्यान्वयनमा आउन लागेको बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्ने सरकारको दाबी छ ।
सर्वत्र चासोका रुपमा रहेको कर्मचारीको तलब भने नबढ्ने बुझिएको छ । सरकारले वृद्धभत्ता पाउने उमेरलाई फेरि ७० बनाउने भएको छ । दुई वर्षअघि ७० वर्षबाट घटाएर ६८ मा झारिएको थियो ।
आज सार्वजनिक हुन लागेको बजेट मुलुकको ७३ औं बजेट हो ।
Facebook Comment
Comment