छालामा खटिरा आउँदा नखानुहोस् यी चीज

नेपालभ्युज

छालामा खटिरा आउँदा नखानुहोस् यी चीज

एजेन्सी । छालामा संक्रमण हुँदा बाल्तर अर्थात खटिराको समस्या आउँछ । बाल्तर भएको वरिपरि सुन्निने र एकदमै दुख्ने समस्या हुन्छ ।

यस्तो बाल्तर आएको अवस्थामा केही खानेकुराहरुले यो समस्यालाई अझै बढाउने गर्छ ।

चिनी
बाल्तर भएको बेला चिनीको सेवन गर्नबाट बच्नुपर्छ । चिनी खाँदा बाल्तरको समस्या बढ्छ । साथमा चिनीमा सुगरको मात्रा अत्यधिक हुने भएकाले घाउ निको हुन समय लाग्छ ।

दुग्धजन्य पदार्थ
बाल्तर भएको बेला दुग्धजन्य पदार्थ जस्तै दुध, दही आदि पनि सेवन गर्नु हुँदैन । अत्यधिक दुग्धजन्य पदार्थको सेवनले बाल्तर भएको ठाउँमा सुन्निने समस्या बढ्छ ।

रक्सी
रक्सी पिउँदा बाल्तरको समस्या अझै बल्झिन्छ । रक्सीको कारणले संक्रमण तीव्र गतिमा फैलिन्छ जसले गर्दा घाउ भएको स्थानमा पोल्ने तथा सुन्निने समस्या बढ्छ ।

ग्लुटेन
बाल्तर भएको बेला ग्लुटेन भएको खाना खानबाट पनि बच्नुपर्छ । ग्लुटेनले गर्दा घाउ निको हुँदैन । यसले समस्या बढ्दै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved