संसदीय छानबिन समितिबारे दलहरुबीच लगभग सहमति, कार्यदलले टुङ्गो लगाउने

नेपालभ्युज

संसदीय छानबिन समितिबारे दलहरुबीच लगभग सहमति, कार्यदलले टुङ्गो लगाउने

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश लगायतका विषयमा दलहरूबीच सहमति जुटेको छ ।

बालुवाटारमा बसेको सत्तापक्ष र प्रतिपक्षको बैठकमा कार्यादेशबारे लगभग सहमति जुटेको हो । बैठकपछि कांग्रेस नेता रमेश लेखकले सहकारीमा भएको अनियमितता छानबिन गर्ने विषयमा सहमति जुटेको बताए ।

छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नलेख्न कांग्रेस सहमत भएको बताइएको छ । यद्यपि उनी जोडिएका सहकारीको नाम लेख्न भने सत्ता पक्ष पनि सहमत भएको छ ।

संचारकर्मीको प्रश्नमा नेता लेखकले भने, ‘सहकारीमा भएको अनियमितता छानबिन गर्ने सहमति भएको छ । बाँकी भोली निष्कर्ष निस्कन्छ ।’

नेता लेखकले मंगलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकले शीर्ष नेताबीचको सहमति अनुसार प्राविधिक विषय टुङ्गो लगाउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved