अष्ट्रेलियाबाट मह जोडीले हात जोडेर माफी माग्दै भने– ‘अचानक बोल्नु पर्दा गल्ती भयो’

हेर्नुृहोस् भिडियो सन्देश

नेपालभ्युज

अष्ट्रेलियाबाट मह जोडीले हात जोडेर माफी माग्दै भने– ‘अचानक बोल्नु पर्दा गल्ती भयो’

काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अदालतमा विचाराधीन मुद्दामा आफुहरुले बोलेर गल्ती गरेको भन्दै क्षमा मागेका छन् ।

एक कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका मह जोडीले भिडियो सन्देश जारी गर्दै अदालतमा विचाराधीन मुद्दामा बोलेर गम्भीर  गल्ती गरेको भन्दै दर्शक सामु क्षमा याचना गरेका हुन् ।

भिडियो सन्देशमा श्रेष्ठले भनेका छन्, ‘एक टेलिभिजनमा बोल्न प्रस्ताव आयो । अचानक आएको प्रस्तावमा बोल्दा हामीबाट त्रुटी भएको छ । नबोलेको भए पनि हुने थियो ।’

त्यस्तै सँगै रहेका आचार्यले पनि भनेका छन्, ‘अदालतमा विचाराधीन मुद्दा मा नबोलेको भए पनि हुने थियो । बोलेर गल्ती गरियो, यति धेरै वर्ष माया गरिदिनु भयो । अब पनि सबै कुरा बिर्सेर हामीलाई माया गरिदिनु होला ।’

केही दिन अगाडि नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा महजोडीले अभिव्यक्ति दिएका थिए ।

उनीहरुको अभिव्यक्तिलाई लिएर सबैतिर आलोचना बढेपछि मह जोडीले भिडियो सन्देश जारी गरेर दर्शक सामु माफी मागेका हुन् ।

अष्ट्रेलियामा उनीहरु सहभागी हुने कार्यक्रमको टिकट समेत दर्शकले धमाधम रद्द गर्न थालेपछि मह जोडी दबाबमा परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved