काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । लगातार बढिरहेको सेयर बजार बुधबार पनि १५ दशमलव ५४ अंकले बढेर २१३१ दशमलव ४९ को विन्दुमा पुगेको छ ।
आज ३१८ कम्पनीका ७८ हजार ५१ पटकको कारोबारमा १ करोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९ सय १२ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०६ अंकले बढेर ३८२ दशमलव ६७ को विन्दुमा पुगेको छ । आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव २३ प्रतिशतले बढेको छ भने, होटेल एण्ड टुरिजमको १ दशमलव ९० प्रतिशतले बढेको छ ।
त्यस्तै, म्युचुअल फण्डको ० दशमलव ३६ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ० दशमलव ३३ प्रतिशतले बढेको छ । मंगलबार नौ उपसमूह भने घटेका छन् । जसमा सर्वाधिक गुमाउनेमा फाइनान्स इन्डेक्स रहेको छ भने दोस्रोमा माइक्रो फाइनान्स इन्डेक्स रहेका छ ।
Facebook Comment
Comment