काठमाडौं । नर्वेले युद्धग्रस्त प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएको छ ।
प्रधानमन्त्री जोनास गार स्टोरले प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिने बताए । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने बताए ।
नर्वेपछि अब आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ । यसको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ।
नर्वेका प्रधानमन्त्री स्टोररले गाजामा जारी युद्धले शान्ति र स्थायित्व हासिल गर्न प्यालेस्टाइन समस्याको समाधान आवश्यक रहेको कुरा पूर्ण रूपमा स्पष्ट गरेको बताएका छन्।
यता, इजरायलका विदेशमन्त्री इजरायल काइट्जले ट्विट गर्दै भने , ‘मैले आयरल्याण्ड र नर्वेलाई स्पष्ट सन्देश पठाइरहेको छु। इजरायलको सार्वभौमसत्तामा आँच पुर्याउने र यसको सुरक्षालाई खतरामा पार्नेहरूका सामु झुक्ने छैन। चुप लागेर बस्ने छैन। यदि स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएको छ भने पनि त्यस्तै हुनेछ। तिनीहरू विरुद्ध कदम चालिनेछ।’
इजरायली विदेशमन्त्रीले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने निर्णयले विश्वलाई ‘आतंकवादलाई इनाम दिइन्छ’ भन्ने सन्देश दिएको पनि बताएका छन्।
Facebook Comment
Comment