सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया- बढी होहल्ला गर्न जरूरी लाग्दैन

नेपालभ्युज

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया- बढी होहल्ला गर्न जरूरी लाग्दैन
  फाइल तस्विर

काठमाडौं । कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन् । उनले बढी होहल्ला गर्न जरूरी नभएको बताएका हुन् ।

बुधबार चन्द्रागिरिमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढी होहल्ला गर्न जरूरी लाग्दैन मलाई ।

उनले सिरोहियासँग सरकारले रिसइबी साधेको भन्ने आरोप गलत भएको बताए । उनको प्रश्न थियो, ‘उहाँसँग केको रिसइबी ?’

प्रधानमन्त्री प्रचण्डले सिरोहिया अदालती प्रक्रियाबाट छिट्टै छुट्ने बताए । ‘अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ’, उनले भने ।

नागरिकताका सन्दर्भमा उजुरी परेपछि सिरोहियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved