नागरिकता दुरुपयोगको मुद्दामा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी

नेपालभ्युज

नागरिकता दुरुपयोगको मुद्दामा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नागरिकता दुरुपयोगको मुद्दामा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।

१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा अनुसार सिरोहिया गैरनेपाली नागरिक रहेको दाबी गरिएको छ । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका छन् ।

सिरोहियाले हिमालय रि–इन्स्योरेन्स कम्पनीको शेयर लगन लिने क्रममा उद्योग विभागमा दिएको निवेदनसहितको कागजमा नागरिकता नम्बर २८३९८८८६ रहेको थियो ।

तर, उनैले उजुरीमा २०३३ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट निकालेको नागरिकता नम्बर ३९६९८८८६ रहेको दाबी गरिएको छ । जसको पहिलो प्रतिलिपि २०५७ सालमा निकालिएको थियो ।

सिरोहियाले लिएको नम्बरसहितको नागरिकता धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ । शिवजी र कैलाश दुवैको नागरिकता नम्बर एकै रहेको विवरण पनि मतदाता नामवालीमा भेटिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved