कार्यदलको बैठक निष्कर्षविहीन

नेपालभ्युज

कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । मंगलबार बसेको समितिको दोस्रो बैठक सकारात्मक भने भएको नेताहरूले बताएका छन् ।

सहकारीमा बचत गरिएको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको आरोप लागेपछि छानबिनका लागि संसदीय समिति गठन गर्ने दलहरूको सहमतिपछि त्यसको कार्यादेश टुंग्याउन समिति गठन गरिएको थियो ।

‘गम्भीर ढंगले छलफल भयो । सकारात्मक रुपमा अघि बढेको महसुस गरेको छ । उपलब्धिमूलक बनेको छ’, कानुनमन्त्री पदम गिरीले भने, ‘ठ्याक्कै निष्कर्षमा पुगेको अवस्था छैन । विभिन्न कोणबाट छलफल गरेका छौँ । विभिन्न विकल्पहरूमा छलफल गरेका छौँ ।’

उनले अर्को बैठकबाट समितिको कार्यादेश टुंग्याउने आशा व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved