संसद्‌मा विकसित घटनाक्रम सुखद् छैनन् : माधव नेपाल

नेपालभ्युज

संसद्‌मा विकसित घटनाक्रम सुखद् छैनन् : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद्‌मा विकसित भइरहेका घटनाक्रमहरू सुखद् नरहेको बताएका छन् ।

मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरूमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरूको काम हुने बताए ।

संसद्को गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने उनको भनाई छ ।

साथै, अध्यक्ष नेपालले कुनैपनि पार्टीहरू नफुटुन् भन्ने आफूहरूको चाहना रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved