नयाँ राष्ट्रपति चयनका लागि इरानमा आगामी महिना निर्वाचन हुने

नेपालभ्युज

नयाँ राष्ट्रपति चयनका लागि इरानमा आगामी महिना निर्वाचन हुने

काठमाडौं । इरानमा नयाँ राष्ट्रपति चयनका लागि आगामी महिना चुनाव हुने भएको छ ।

राष्ट्रपति इब्राहिम रायसीको आइतबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि जुन २८ तारिखमा चुनाव हुन लागेको हो । इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन् ।

इरानको मन्त्रिपरिषदले उपविदेशमन्त्री अली बगेरी कानीलाई कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरेको छ । राष्ट्रपति रायसीसहित विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । ६ जना उच्च अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा राष्ट्रपतिसहित उच्च अधिकारी गुमाएको इरान यतिबेला शोकमा छ । इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved