अक्षय कुमारले भारतीय नागरिकता लिएपछि पहिलोपटक भोट हाले

नेपालभ्युज

अक्षय कुमारले भारतीय नागरिकता लिएपछि पहिलोपटक भोट हाले

एजेन्सी । भारतको महाराष्ट्रको मुम्बई नगरीमा मतदान भयो । मतदानका लागि विभिन्न बलिउड कलाकारहरु पनि बुथमा लाइन लागेर आफ्नो मताधिकारको उपयोग गरे ।

यहीबीच ५६  वर्षिय अक्षय कुमारले पनि बिहानै लाइनमा लागेर भोट हाले । भारतीय नागरिकता लिएपछि उनले पहिलोपटक भोट हालेका छन् ।

भोट गरेपछि उनले आफ्ना प्रसशंकहरुलाई भोट अवश्य हाल्नुहोस् भनेर आग्रह पनि गरेका छन् । यसका साथै उनले आफ्नो खुशी पनि व्यक्त गरे ।

एएनआईले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा अक्षय कुमारले भोट हाल्दै गरेको भिडियो शेयर गरेको छ । यसक्रममा हरियो रंगको शर्टमा उनलाई देखियो ।

उनले मिडियासँग कुरा गर्दै भने, “म चाहन्छु कि मेरो भारत विकसित र बलियो होस् । यसलाई दिमागमा राख्दै मैले भोट गरेँ । भारतीयहरुले उसका लागि भोट गर्नुपर्छ जो उनीहरुलाई सही लाग्छ । मलाई लाग्छ मतदान राम्रो प्रतिशतमा हुनेछ ।”

अक्षय कुमारले आफूले पहिलोपटक भोट हाल्न पाएकोमा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा एकदमै राम्रो लागेको र खुशी महसुस गरिरहेको बताएका छन् ।

उनलाई विगतमा नागरिकताको विषयलाई लिएर ट्रोल पनि गरिन्थ्यो ।

उनले सन् २०१९ मा भारतीय पासपोर्टका लागि आवेदन दिएका थिए तर कोविडका कारणले प्रक्रियामा ढिलाई भयो । सन् २०२३ अगस्तमा उनले भारतीय नागरिकता प्राप्त गरेका थिए ।

उनले पोस्ट गर्दै आफूले क्यानडेली नागरिकता छोडेको र आफू अब शुद्ध भारतीय नागरिक भएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved