राष्ट्रपति रइसीको मृत्युपछि इरानका सर्वोच्च नेता खामेनीले के भने ?

नेपालभ्युज

राष्ट्रपति रइसीको मृत्युपछि इरानका सर्वोच्च नेता खामेनीले के भने ?

काठमाडौं । इरानका सर्वोच्च धर्मगुरू तथा नेता आयतोल्लाह खामेनीले उपराष्ट्रपति मोहम्मद मोख्बर अन्तरिम राष्ट्रपति हुने बताएका छन् ।

आगामी ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्न इरानमा पनि मतदान गर्नुपर्नेछ।

इब्राहिम रइसी : ‘डेथ कमिटी’को सदस्यदेखि इरानको राष्ट्रपतिसम्म

‘संविधानको धारा १३१ अन्तर्गत उपराष्ट्रपति मोख्बेर कार्यपालिकाको प्रमुख हुनेछन् र व्यवस्थापिका र न्यायपालिकाले सँगै नयाँ राष्ट्रपतिलाई अधिकतम ५० दिनभित्र चयन गर्ने सुनिश्चित गर्नेछन्,’ खामेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर आइतबार साँझ दुर्घटनामा परेको थियो । दुर्घटनामा रइसी, विदेशमन्त्रीसहित ९ जनाको मृत्यु भएको छ ।

रइसीको निधनपछि विश्वभरका नेताहरूले शोक सन्देश पठाइरहेका छन् ।

इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टरको किन भइरहेको छ चर्चा ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved