काठमाडौं । नेपाली कांग्रेसले अहिलेको सरकार र सत्तापक्ष सहकारीका केही ठगहरूलाई बचाउनका लागि संसदीय मूल्य मान्यता र परम्परा र लोकतान्त्रिक मर्मलाई पनि कमजोर गर्न उद्यत भएको बताएको छ ।
सोमबारको प्रतिनिधि सभाको बैठकपछि बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तापक्ष र सरकार देशभरिका सहकारीको ठगीबाट पीडित भएका नागरिककाप्रति उदासिन गैरजिम्मेवार हुँदै गएको बताए ।
‘संसद्मा रहेका विपक्षी दलहरूले लाखौं नेपाली नागरिकको अर्बौं रुपैयाँ जुन सहकारीमा बचत गरिएको थियो । त्यसको अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषय र त्यसमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको विषयमा एउटा स्वतन्त्र, निष्पक्ष पारदर्शी छानबिनको सुनिश्चितता हुन सकोस् भन्नका लागि हामीले संसदीय छानबिन समितिको माग गरेका थियौँ’, उनले भने ।
सोमबार प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका थिए । त्यसबाट कांग्रेस असन्तुष्ट बनेको थियो ।
Facebook Comment
Comment