सुर्खेतमा बस दुर्घटना, दुई जनाको मृत्यु

नेपालभ्युज

सुर्खेतमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दैलेखबाट सुर्खेत जाँदै गरेको ०२ ००१ ख ०८५२ नम्बरको बस वीरेन्द्रनगर नगरपालिका–७स्थित कटकुवा नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रूपेश खड्काले जानकारी दिए ।

मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

‘प्रहरी लगायतको उद्धार टोली घटनास्थल पुगिसकेको छ ।’ उनले भने, ‘दुर्घटनामा घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णाली केयरमा लगिदैंछ ।’

घटनाको विषयमा अन्य विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved