मुगु । मुगु जिल्लामै पहिलो पटक विद्यालयमा विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरिएको छ । आइतबार खत्याड गाउँपालिका वडा नं ३ स्थित श्री कालिका मावि बुगाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थी र शिक्षकका मेहेनतले जिल्लामै पहिलो पटक विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गर्न सम्भव भएको विद्यालयका प्रशिक्षक गजेन्द्र उपाध्यायले बताए ।
‘विद्यार्थी भाइबहिनीहरू र शिक्षकहरूको मेहनतले यो कार्यक्रम गर्न सम्भव भएको छ, उनले भने ‘यस्ता कार्यक्रमहरू अन्य विद्यालयहरूले पनि सञ्चालन गर्न आवश्यक छ । जसले विद्यार्थीहरूमा नयाँ ज्ञान मिल्नुका साथै सृजनशीलता बढ्छ ।’
उक्त कार्यक्रममा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही, उपाध्यक्ष सरिता रोकाया, वडा अध्यक्ष र विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरू लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।
Facebook Comment
Comment