काठमाडौं । हमासले इरानी राष्ट्रपति इब्राहिम रइसीको मृत्युबारे आधिकारिक विज्ञप्ति जारी गरेको छ ।
हमासले एक विज्ञप्ति जारी गर्दै इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी, इरान सरकार र इरानका जनताप्रति समवेदना व्यक्त गरेको छ ।
‘हामी इरानको दुखद् र कठिन परिस्थितिमा साथ छौं । दुर्घटनाले इरानका ती नेताहरूको ज्यान लिएको छ, जसले इरानको हितका लागि लामो लडाइँ लडे र हाम्रो लडाइलाई पूर्ण समर्थन गरे ।’ विज्ञप्तीमा भनिएको छ ।
हमासले भन्यो, ‘यहूदीहरूको अत्याचारविरूद्ध प्यालेस्टाइन र प्यालेस्टाइनीहरूको लागि लड्न उहाँले हामीलाई सधैं समर्थन गर्नुभयो।’
‘हामी विश्वस्त छौं कि इरानका जनता यस दुखद् दुर्घटनाबाट बाहिर आउन सक्षम हुनेछन्। इरानका जनताले यस्ता दुर्घटनाहरूको सामना गर्ने लामो इतिहास छ।’
इरान हमासको सहयोगी हो । इजरायलसँग युद्ध लड्न इरानले नै हमासलाई हतियार तथा प्रशिक्षण दिएको बताइन्छ । तर, यो कुरा दुवै पक्षले आधिकारिक रूपमा स्विकारेका छैनन् ।
इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सो हेलिकप्टरमा सवार थिए ।
Facebook Comment
Comment