प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई प्रभावित बनाउनु हुँदैन : सभामुख

नेपालभ्युज

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई प्रभावित बनाउनु हुँदैन : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रक्रियालाई प्रभावित बनाउन नहुने बताएका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ ।

त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने धारणा राखेका हुन् ।

‘आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने नै हो । त्यसले प्रमुख प्रतिपक्षी दललाई ‘वेटिङ इन गभर्मेन्ट’ पनि भनिन्छ । हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ’, घिमिरेको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।

घिमिरेले कांग्रेसले माग गरेको संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको बताए ।

‘यही बीचमा प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजीकरण गरेको थियो । यो पनि सहमतिको एउटा अंश हो’, उनले भने, ‘अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ । आज सहकार्य गरौं । संसदमा मतभेदहरु हुन्छन्, विषयमा बहसहरू हुन्छन् । तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved