इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर भेटियो, कोही पनि जीवित भेटिएनन्

नेपालभ्युज

इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर भेटियो, कोही पनि जीवित भेटिएनन्

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर क्षतविक्षत अवस्थामा फेला परेको छ । उद्दारकर्ताका अनुसार त्यहा कोही पनि जीवित फेला नपरेको बताइएको छ ।

हेलिकप्टरको भग्नावशेष भेटिएपछि इरानी राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको आशंका गरिएको छ ।

बीबीसीले भने राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमीरा अबदुल्ला हियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको दाबी गरेको छ । इरानी राष्ट्रपतिको हेलिकप्टर आइतबार कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो ।

दुर्घटना लगत्तै परिचालित उद्धार टोलीले राष्ट्रपति रायसी सवार हेलिकोप्टर फेला परेको बताइएको छ । खराब मौसमका कारण हेलिकोप्टरले हार्ड ल्याण्डिङ् गर्नु परेको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटनामा परेको हो । मौसम र भौगोलिक जटिलताका कारण खोज र उद्धार टोली दुर्घटनास्थल सम्म पुग्न निकै सकस परेको थियो ।

सरकारी टिभीले राष्ट्रपति रायसीको गृहनगर मशहद सहरमा समर्थकहरुले प्रार्थना र कुशलताको कामना गरिरहेका दृष्यहरु प्रशारण गरेको छ ।

दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ ।

६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।
रायसीको सवारीमा तीनवटा हेलिकोप्टर परिचालन गरिएका थिए ।

अन्य दुई हेलिकोप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेका छन् । तर राष्ट्रपति सवार हेलिकोप्टर भने दुर्घटनामा परेको हो ।

गृहमन्त्री अहमद वाहिदीले खराब मौसमका कारण रायसी सवार हेलिकोप्टरले हार्ड ल्यान्डिङ गरेको बताएको बीबीसीले जनाएको छ ।

यसैबीच, चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनले स्थितिलाई नजिकबाट नियालिरहेको भन्दै उद्धार प्रयासका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने उल्लेख छ । इरानी राष्ट्रपति रायसीले तेहरान र बेइजिङको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved