काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो ।
तर राजस्थानका लागि यो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो । तर वर्षाका कारण गएरातिको खेलमा अंक बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
यसअघि हिजोको पहिलो खेलमा लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो । पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । जितपछि हैदराबाद दोस्रो हुँदै प्लेअफमा पुगेको छ ।
हैदराबाद र राजस्थान दुवैको १७ अंक रहे पनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्यो । हैदराबाद र कोलकाता भोलि फाइनल प्रवेशका लागि खेल्नेछन् । फाइनल खेल आगामी आइतबार हुनेछ।
Facebook Comment
Comment