काठमाडौं । कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र हावा हुरी सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷ हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मधेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ताप्लेजुङमा ३७ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।
Facebook Comment
Comment