एजेन्सी । साना बच्चालाई प्रायः भोक नलाग्ने समस्या पनि हुने गर्छ । तर, भोक नलाग्ने समस्या लगातार भइरह्यो भने बच्चामा कुनै समस्या हुन सक्ने सम्भावना हुन्छ ।
डाक्टरका अनुसार बच्चामा यस्तो समस्या हुनु सामान्य हो । यो आठ देखि दश महिनाका बच्चामा बढी देख्न पाइन्छ । यस्तो स्थितिलाई सेलेक्टिव लस अफ एपिटाइट भनिन्छ, जसमा बच्चामा खानपिनमा रुची नहुने समस्या देखिन्छ ।
यस्तो स्थितिमा बच्चाको दिशापिसाब सामान्य छ कि छैन त्यो भने विचार गर्नुपर्छ । यसका साथै बच्चा कति क्रियाशील छ त्यो पनि ध्यान दिनुपर्छ । यदि यी सबै प्रक्रिया सामान्य छन् भने चिन्ता गर्नुपर्दैन ।
डाक्टरका अनुसार बच्चाले सही तरिकाले खाइरहेको छैन भने कतिपय आमा जबरजस्ती खुवाउने गर्छन् । यस्तो गर्दा बच्चा झनै चिढिन्छ र खाने रुची अझै घट्दै जान्छ ।
बच्चाको अन्य सबै स्थिति सही छ भने उसलाई जबरजस्ती खुवाउनबाट बच्नुहोस् । कहिलेकाँही बच्चालाई पेटमा जुका परेको हुन सक्छ । यसले पनि खानपिनमा रुची हुँदैन । त्यसका लागि जुकाको औषधि खुवाउनु पर्दछ ।
Facebook Comment
Comment