काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो बारेमा अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उनले सार्वजनिक जीवनमा रहँदा एउटा गल्ती कमजोरी भएको भए आफूलाई कक्र्याककुक्रुक पारेर कहाँ लिएर गइसक्थे होलान् भन्ने कुराको अनुमान लगाउन सक्ने बताए ।
‘मेरो गृहमन्त्रीलाई अनुरोध छ । समिति बनाउनु भए पनि हुन्छ । तपाईं यत्रो महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । तपाईंको दायाँ प्रचण्ड हुनुहुन्छ, बायाँ ओली हुनुहुन्छ’, थापाले भने ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेच्ने प्रसंग पनि ल्याएका थिए । थापाले त्यस्तो जानकारी भए कारबाही गर्न चेतावनी दिए ।
‘गृहमन्त्रालयमा बसेर विदेशीलाई सूचना बेच्ने कुराको जानकारी छ भने कक्र्याककुक्रुक पारिहाल्नुपर्यो नि । त्यहाँ बसेर सूचना बेच्ने कुरा थाहा पाएर पनि म भन्दिऊँ? सूचना बेचेको भन्दिऊँ? तेरो कुरा भन्दिएँ भने मेरो कुरा नभन्दिने? भन्ने कुरा पनि अलि ठीक भएन कि भन्ने लाग्छ’, उनले भने ।
Facebook Comment
Comment