रास्वपाले ‘डेमोक्रेटिक अलायन्स’को प्रस्ताव गर्‍यो : गगन थापा

नेपालभ्युज

रास्वपाले ‘डेमोक्रेटिक अलायन्स’को प्रस्ताव गर्‍यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाले ‘डेमोक्रेटिक अलायन्स’को प्रस्ताव गरेको दाबी गरेका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै थापाले नेपाली कांग्रेसका पूर्वनेता तथा अहिले रवि लामिछानेका अभिन्न मित्रले त्यस्तो प्रस्ताव ल्याएको बताए । नाम भने उनले खुलाएनन् ।

थापाले त्यस्तो प्रस्ताव लामिछानेको नागरिकता र पासपोर्टको विवाद निस्किएका बेलामा पनि आएको खुलाएका छन् ।

‘डेमोक्रेटिक अयान्समा हामी खुलै छौँ, हामी त लोकतान्त्रिक पार्टी हौँ, हामीलाई धेरै पर नपुर्‍याइदिनुस् । हामीलाई एमालेसँगै मिल्नुपर्ने अवस्था नबनाइदिनुस् भन्ने कुरा (गर्नुभएको थियो)’, थापाले भने ।

यसअघि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा गरेपछि थापाले सो प्रसंगमार्फत् प्रतिवाद गरेका हुन् ।

उनले रास्वपा र लामिछानेलाई सुझाव दिँदै भने, ‘राजनीतिक दलहरूबीच हुने कतिपय संवादलाई कसरी लिने, कसरी बुझ्ने भन्ने कुरामा ध्यान पुर्‍याउनु उहाँका निम्ति पनि लाभदायक नै होला ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved