भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

नेपालभ्युज

भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

पर्सा ।  सशस्त्र प्रहरीले पर्सामा शनिवार र आइतबार २ दिनमा गरी करिब १४ लाख रुपैयाँ बराबरका तस्करीको मालसामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण हेड क्वार्टर पर्सा अर्न्तगतका बिभिन्न युनिटहरुबाट खटिएका टोलीले १३ लाख ९३ हजार ५ सय ४० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएका छन् ।

शनिवार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–२ स्थित भगुवा ईलाकाबाट ६ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved