४५ दशमलव ६९ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्बमाथि

नेपालभ्युज

४५ दशमलव ६९ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्बमाथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उछाल आएको छ । डाटा दिने सिस्टममा पावर सप्लाई नभएकाले बजार बन्द हुनु दुई मिनेट अगाडि मात्र डाउन भएको नेप्सेको साइट झन्डै डेढ घण्टापछि मात्र खुलेको थियो ।

साइट खुलेसँगै बजारमा उछाल देखिएको हो । शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीति समीक्षापछि बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको छ ।

यसअघि १ प्रतिशत मात्र बिक्री गर्न पाइन्थ्यो । यसबाहेक ब्रोकर कमिसन ब्याजदर थप घटेको छ ।यस प्रावधानले बैंकहरुले सेयर खरिद बढाउन सक्ने देखिएको छ । यसै प्रावधानको सकारात्मक प्रभाव बजारमा परेको अनुमान गरिएको छ ।

आइतबार नेप्से परिसूचक ४५ दशमलव ६९ विन्दुले बढेर २०६४ दशमलव ४५ विन्दुमा पुगेको छ । आज ३२३ कम्पनीको ७४ हजार ९ सय ९१ पटकको कारोबारमा १ करोड २२ लाख ४० हजार ८ सय २ कित्ता सेयर कारोबार भएको छ । जसमा कारोबार रकम  ५ अर्ब २५ करोड १० लाख २४ हजार रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३९ अंकले बढेर ३६६ दशमलव ७६ विन्दुमा पुगेको छ । आज माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको भएको छ ।

आइतबार १३ परिसूचकमध्ये सबै बढेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स बढेको छ भने सबैभन्दा कम ट्रेडिङ्स इन्डेक्स बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved