काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले संसद्मा बोल्न निषेध गर्न नमिल्ने बताएका छन् ।
आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन् । “बोल्नु नै निषेध गर्न पाइँदैन । बोल्न दिनुपर्ने हो,” उनले भने ।
अगाडि उनले भने, “दोष होला/नहोला छुट्टै कुरा हो । तर, बोल्न निषेध कसैले पनि गर्नुहुँदैन । छानबिन त अरू जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टार्गेट गर्नुहुँदैन ।”
अहिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिएको छैन । गृहमन्त्री लामिछानेले संसद्मा आफूमाथि लागेको आरोपमा जवाफ दिने भन्दै बोल्न समय माग गरेपनि कांग्रेसले दिएको छैन ।
यसतर्फ इङ्गित गर्दै राउतले यस्तो अभिव्यक्ति दिएका हुन् ।
Facebook Comment
Comment