चेन्नाईलाई पराजित गर्दै बेङलोर प्लेअफमा

नेपालभ्युज

चेन्नाईलाई पराजित गर्दै बेङलोर प्लेअफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंङलोरले प्लेअफमा स्थान बनाएको छ ।

चेन्नई माथि २७ रनको जित दर्ता गर्दै बेङलोर प्लेअफमा पुगेको हो ।

यो सँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । पहिलो ८ खेलमा १ खेल मात्र जितेको बेङलोर त्यसपछिका लगातार ६ खेल जित्दै अंक तालिकाको चौथो स्थानमा रहन सफल भएको छ । बेङलोरले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो ।

त्यसअघि बेङलोरले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ । दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन् । हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved