राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौं : माधव नेपाल

नेपालभ्युज

राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौं : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको उनको भनाई छ ।

नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको पनि आरोप लगाए ।

साथै, राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको नेपालको भनाई छ ।

देशमा स्थायित्व र वामपन्थी कम्युनिष्टहरू बीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved