नेविसंघको प्रदर्शनपछि बानेश्वरमा सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

नेपालभ्युज

नेविसंघको प्रदर्शनपछि बानेश्वरमा सुरक्षा व्यवस्था कडा (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट भातृ संगठन नेविसंघले संघीय संसद् नयाँ बानेश्वर अघि प्रदर्शन गरेसँगै प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ।

सम्मेलन केन्द्रको दक्षिणतर्फको सडकपेटीमा सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छ भने प्रहरीको तैनाथी बाक्लो पारिएको छ।

नेविसंघका विद्यार्थीहरूले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग राख्दै शुक्रबार दिउँसो संसद् भवन अघि प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा ११ बिद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको छ।

प्रदर्शन सकिएपछि पनि प्रहरीले उक्त क्षेत्रमा कडा सुरक्षा दिइरहेको छ।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved