प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई छलफलमा बोलाए

नेपालभ्युज

प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । शुक्रबार बेलुका ६ बजेका लागि कांग्रेस नेताहरूलाई बोलाइएको कांग्रेसका एक नेताले जानकारी दिए ।

कांग्रेसले सहकारीमा जम्मा भएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेको छ । त्यस मागप्रति एमाले र रास्वपाले असहमति व्यक्त गर्दै आएका छन् ।

कांग्रेसले संसदीय छानबिन समितिलाई आफ्नो बटमलाइन बनाएको र एमाले-रास्वपाले अस्वीकार गरेको स्थितिमा प्रधानमन्त्री प्रचण्ड दबाबमा परेका छन् । उनले मध्यमार्गी बाटो खोज्नका लागि सत्तापक्ष र प्रतिपक्षी कांग्रेससँग छलफल गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved