जानकी नवमी भव्यरुपमा मनाइँदै, मधेसमा सार्वजनिक बिदा

नेपालभ्युज

जानकी नवमी भव्यरुपमा मनाइँदै, मधेसमा सार्वजनिक बिदा

काठमाडौं । माता जानकी सीताको जन्मदिन आज जानकी नवमी मनाइँदै छ । सीताको जन्म दिनको स्मरणमा आज जनकपुरधाममा धुमधामका साथ जानकी नवमी मनाइँदै छ ।

वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।

जानकीको जन्मदिनको अवसरमा जनकपुर धाममा आज पूजाअर्चना भजनकीर्तन गरिदै छ । आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।

जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर पुगेका छन् । जानकी नवमीको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved