नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

नेपालभ्युज

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपको वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई अभ्यास खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग वार्मअप खेल खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । २० टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ५ टोली रहने छ ।

समूह डी मा रहेको छ । नेपालको समूहमा बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved