काठमाडौं । कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम सफा रहेको छ ।
कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज राती कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम समान्यत सफा रहने छ ।
बिगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । तातो हावा र तातो लहरको सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।
Facebook Comment
Comment