एजेन्सी । तपाईंले दही वा मोहीबाट बनाएको कडी त खानुभएकै होला । विशेषगरी गर्मी मौसममा कडी खाने चलन हुन्छ । यदि तपाईं पनि कडी खानुहुन्छ भने जान्नुहोस् यो खाने सही समय के हो भनेर । रातको समयमा कडी खाँदा के हुन्छ त्यसबारेमा पनि जानौं –
आयुर्वेदका अनुसार रातको समयमा दहीबाट बनाइएको कडी खानु हुँदैन । रातको समयमा कडी खाँदा स्वास्थ्यमा विभिन्न प्रकारका नोक्सान हुन सक्छन् ।
विशेषज्ञलाई मान्ने हो भने, रातको समयमा कडी खाँदा घाँटी ब्लक हुन सक्छ । जसले गर्दा रूघाखोकी लाग्ने समस्या पनि हुन्छ ।
रातमा कडी खाँदा पाचन सम्बन्धी पनि समस्या ल्याउन सक्छ ।
कडी आफैमा चिसो खानेकुराभित्र पर्दछ । यस्तोमा रातको समयमा खाँदा घाँटी दुख्ने तथा शरीर दुख्ने जस्तो समस्या पनि हुन सक्छ ।
दही भएको कडीमा एकदमै धेरै क्यालोरी पनि हुन्छ । जसले गर्दा रातको समयमा यो एकदमै भारी खाना मानिन्छ । जसले गर्दा तौल बढ्ने समस्या पनि आउन सक्छ ।
कडीलाई दिउँसोमा खानु एकदमै राम्रो मानिन्छ । बिहान वा दिउँसोको समयमा दही तथा दहीबाट बनेका चिज खाँदा धेरै भन्दा धेरै फाइदा प्राप्त गर्न सकिन्छ ।
Facebook Comment
Comment