संवैधानिक आयोगहरुमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैनः मन्त्री जोशी

नेपालभ्युज

संवैधानिक आयोगहरुमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैनः मन्त्री जोशी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संवैधानिक आयोगहरुमा सचिव स्तरका कर्मचारी पठाउन सक्ने अवस्था नभएको बताएका छन् ।

बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा विभिन्न आयोगका पदाधिकारीहरुसँग भएको छलफलमा मन्त्री जोशीले यस्तो बताएका हुन् । उनले संवैधानिक आयोगहरुमा कर्मचारी अभावको कारण सह–सचिवहरुलाई सचिवको जिम्मेवारी दिने गरेको बताए। उनले आयोगहरुमा सह–सचिव जिम्मेवारी दिँदा समेत सामान्य खर्च बाहेकको बजेट र कार्यक्रम नहुने भएकाले आयोगहरुमा जान इच्छा नदेखाउने गरेको बताए ।

उनले सह–सचिवहरुलाई समेत काम दिन नसक्ने आयोगहरुमा सरकारले सचिवलाई पठाएर टिकाउन नसक्ने उल्लेख गरे । उनले आयोगहरुमा प्रदेशका मन्त्रालयहरुमा हुने जति पनि बजेट नहुने भएकाले सह–सचिव स्तरका कर्मचारीहरु प्रदेश सरकारका मन्त्रालयमा जान चाहने तर आयोगमा जान नचाहेको देखिएको बताए ।

उनले सरकारले संवैधानिक आयोगहरुमा छुट्टै विशेष ढङ्गले सोच्न आवश्यक रहेको बताए। उनले सरकारले विशेष ढङ्गले सोचर सामान्य भुमिका बारेमा गम्भिर हुन जरुरी रहेको बताए । उनले निजामति कर्मचारी ऐन संसदबाट कानून बनेर आएसँगै आयोगहरुमा अभाव रहेका कर्मचारीहरु व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved