धनराज गुरुङले ओलीतर्फ फर्केर चर्को नारा लगाएपछि…

नेपालभ्युज

धनराज गुरुङले ओलीतर्फ फर्केर चर्को नारा लगाएपछि…

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ नेकपा एमालेका सांसदहरूबीच धकेलाधकेल भएको छ ।

बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि उग्र भएका कांग्रेस सांसदहरू र एमालेका सांसदहरूबीच धकेलाधकेल भएको हो ।

सो क्रममा कांग्रेसका उपसभापति धनराज गुरूङले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ फर्केर चर्को रूपमा नारा लगाएका थिए ।

ओली आफ्नो आसनबाट उठेपछि नारा लगाइरहेका गुरूङ ओली नजिकै आएर हात उठाउँदै चर्को नारा लगाएका हुन् ।

त्यसक्रममा सांसदहरूबीच झण्डै हात हालाहालको अवस्थामा आएको थियो । त्यहाँ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रोकेका थिए ।

तर, सभामुखले बैठक स्थगित गरेपछि विवाद केही हदसम्म साम्य भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved