विद्युत् उत्पादनको दस वर्षे लक्ष्य पूरा गर्न निजी क्षेत्रले मात्र सक्छ : कुलमान घिसिङ

नेपालभ्युज

विद्युत् उत्पादनको दस वर्षे लक्ष्य पूरा गर्न निजी क्षेत्रले मात्र सक्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २ हजार ८ सय मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्न सक्ने बताएका छन् ।

बिहीबार कठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले नेपालको जलविद्युत उत्पादनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै १० वर्षमा २ हजार ८ सय विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

निजी क्षेत्रका जस्तै समस्या प्राधिकरणले समेत भोगिरहेको भन्दै प्राधिकरणलाई पनि सुधार गर्दै लैजान आवश्यक रहेको उनको भनाई छ । घिसिङले प्राधिकरण पीपीए खोल्नेदेखि लिएर पीपीए भएका आयोजनाहरू निर्माण समयमा सम्पन्न सहजिकरण गर्ने विषयमा सकारात्मक रहेको बताए ।

‘अहिलेसम्म १० हजारसम्मको पीपीए गरिसकेका छौं । ३ हजार ५ सयको प्रोजेक्ट आइसकेको छ । ३ हजार ५ सयको प्रोजेक्ट निर्माणको चरणमा छन्,’ उनले भने ‘१० वर्षमा २८ हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छौं । त्यो पूरा गर्न निजी क्षेत्र नै हो ।’

उनले राजश्वको विषयले गर्दा विद्युतीय सवारीसाधनमा भएको प्रमोसनले अन्त कतै जाने खतरा देखिएको भन्दै सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved