झिनो अंकले बढेसँगै बन्द भयो यो साताको नेप्से

नेपालभ्युज

झिनो अंकले बढेसँगै बन्द भयो यो साताको नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से झिनो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ० दशमलव ७९ अंकले बढेर २०१८ दशमलव ७६को विन्दुमा पुगेको हो ।

आज ३१५ कम्पनीका ५७ हजार २ सय १८ कम्पनीका ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २७ अंकले बढेर ३५८ दशमलव ३७ को विन्दुमा पुगेको छ । बिहीबार माइक्रोफाइनान्स कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन् भने कर्पोरेट डिभेन्चरको कारोबार सबैभन्दा कम भएको छ ।

आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ।

यस दिन अन्य उपसमूहको परिसूचक भने सामान्य बढेको छ। यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved