एस्ट्राजेनेकापछि कोभ्याक्सिनको खोपमा साइड इफेक्ट, श्वासप्रश्वासदेखि महिनावारीसम्मको समस्या

नेपालभ्युज

एस्ट्राजेनेकापछि कोभ्याक्सिनको खोपमा साइड इफेक्ट, श्वासप्रश्वासदेखि महिनावारीसम्मको समस्या

काठमाडौं । भारत बायोटेकको कोरोना भ्याक्सिन- कोभ्याक्सिनमा पनि साइड इफेक्ट देखिएको छ । इकोनोमिक टाइम्सले विज्ञान जर्नल स्प्रिन्जरलिंकमा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै यस्तो बताएको हो ।

अनुसन्धानका अनुसार बनारस हिन्दू विश्वविद्यालय (बीएचयू)मा गरिएको अध्ययनमा भाग लिने करिब एक तिहाई व्यक्तिमा कोभ्याक्सिनको साइड इफेक्ट देखिएको हो ।

अध्ययनमा सहभागी व्यक्तिहरूमा श्वासप्रश्वासको समस्या, रगत जम्ने र छालासम्बन्धी रोग देखिएको छ । जुन खोप नेपालको औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि अनुमतिसमेत दिएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार किशोरकिशोरीहरू विशेष गरी कुनै पनि एलर्जीबाट पीडितहरू कोभ्याक्सिनबाट बढी जोखिममा छन्।

तर, केही दिनअघि कोभ्याक्सिन बनाउने कम्पनी भारत बायोटेकले आफूले बनाएको खोप सुरक्षित रहेको दाबी गरेको थियो । जुन कम्पनीको कोरोना भ्याक्सिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुई डोज लगाएका थिए ।

अनुसन्धानकर्ता शुभ्रा चक्रवर्तीले भन्छिन्, ‘हामीले एक वर्षदेखि खोप लगाइएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरेका थियौं । यो अध्ययन १ हजार २४ जनामा ​​गरिएको थियो। जसमा ६ सय ३५ किशोर र २९१ वयस्कलाई समावेश गरिएको थियो।’

अध्ययनका अनुसार श्वासप्रश्वासको समस्या ३०४ जना अर्थात् ४७.९ प्रतिशत किशोर र १२४ जना अर्थात् ४२.६ प्रतिशत वयस्कमा देखिएको छ । जसका कारण रूघाखोकी जस्ता समस्या देखिन थालेका छन् ।

एस्ट्राजेनेकाले स्वीकार गर्यो : कोभिशिल्ड भ्याक्सिनले हृदयघातको जोखिम निम्त्याउन सक्छ

अध्ययनमा भाग लिने किशोरहरूमध्ये छालासम्बन्धी समस्याहरू १०.५ प्रतिशत, स्नायु प्रणालीसम्बन्धी विकारहरू ४.७ प्रतिशत र सामान्य विकारहरू १०.२ प्रतिशतमा देखिएको छ ।

सोही समयमा सामान्य विकारहरू ८.९, मांसपेशिहरू र हड्डीहरूसंग सम्बन्धित विकारहरू ५.८ र स्नायु प्रणालीसंग सम्बन्धित विकारहरू ५.५ वयस्कहरू मा देखिएको छ ।

साथै, कोभ्याक्सिन लगाउने ४.७ प्रतिशत किशोरीहरूमा महिनावारी समस्या देखिएको छ ।

आँखाको समस्या २.७ प्रतिशतमा  र हाइपोथायरायडिज्म समस्या ०.६ प्रतिशत सहभागीहरूमा देखियो । सोही समयमा ०.३५ प्रतिशत सहभागीहरूमा स्ट्रोक पनि पहिचान गरिएको थियो र ०.१५ प्रतिशत सहभागीहरूमा गुइलेन बेरी सिन्ड्रोम पनि पहिचान भएको छ ।

गुलियन बेरी सिन्ड्रोम के हो ?
गुलियन बेरी सिन्ड्रोम (जीबीएस)एक रोग हो, जसले पक्षाघात जस्तै शरीरको ठूलो भागलाई बिस्तारै असक्षम पार्छ। अमेरिकाको नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोक (एनआईएनडीएस)का अनुसार जीबीएस एक दुर्लभ न्यूरोलोजिकल रोग हो।

अध्ययनमा भाग लिने किशोरकिशोरी र महिला वयस्कहरू जसलाई पहिलेको कुनै एलर्जी थियो र जसलाई खोप लगाएपछि टाइफाइड भएको थियो । उनीहरू यस रोगबाट उच्च जोखिममा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसअघि बेलायतको फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाको भ्याक्सिनमा पनि समस्या देखिएकव थियो । उक्त भ्याक्सिनका कारण हृदयघात हुने खतराबारे रहेको सोही कम्पनीले जानकारी दिएको थियो ।

एस्ट्राजेनेका त्यही कम्पनी हो, जसबाट भारतको सीरम इन्स्टिच्युटले सूत्र लिएर कोभिशिल्ड भ्याक्सिन बनाएको थियो।

एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनले हृदयघातको जोखिम निम्त्याउन सक्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved