मदन र जीवराजको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी

नेपालभ्युज

मदन र जीवराजको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा ३१औं मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको खनालले दाबी गरे ।

उनले मदन—आश्रितको मृत्यु दुर्घटनाबाट नभई निर्ममतापूर्वक गरिएको हत्या भएको बताए ।

साथै, दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved