हप्तामा एक दिन व्रत बस्दा हुन्छ गजबका लाभ

नेपालभ्युज

हप्तामा एक दिन व्रत बस्दा हुन्छ गजबका लाभ

एजेन्सी । त्यसो त हिन्दु धर्मभित्र पर्ने पूजाआजा तथा भगवानको प्रार्थना गर्नका लागि धेरै मानिस व्रत बस्ने गर्दछन् । तर, शरीरका लागि पनि हप्तामा एक दिन व्रत बस्नु फाइदाजनक हुन्छ ।

हप्तामा एकदम व्रत बस्दा शरीरलाई हुने फाइदाका बारेमा जानौं-

हप्तामा एक दिन व्रत बस्दा पाचन प्रणाली राम्रो हुन्छ । शरीरमा भएका तत्व राम्रोसँग पच्न पाउँछन् र पेट पनि सफा हुन्छ ।

तपाईंले तौल कम गर्न चाहिरहनुभएको छ भने पनि हप्तामा एक दिन व्रत बस्न सक्नुहुन्छ । व्रत बस्दा शरीरमा भएको बोसो ऊर्जामा परिणत हुन्छ ।

व्रत बस्दा शरीरमा भएका खराब तत्व बाहिर जान्छन् । जसले गर्दा शरीर डिटक्स हुन्छ । यसले विभिन्न रोगबाट पनि राहत दिन्छ ।

हप्तामा एक दिन व्रत बस्दा शरीर डिटक्स हुन्छ । जसले गर्दा छालामा पनि चमक आउँछ । यसले छालालाई पनि राम्रो बनाउँछ ।

त्यस्तै यदि तपाईंलाई कोलेस्ट्रोलको समस्या छ भने पनि हप्तामा एक दिन अवश्य व्रत बस्नुहोस् । यसले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्दै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved