एकीकृत समाजवादीको निर्णय- सहकारीको रकम अपचलनमा छानबिन समिति गठन हुनुपर्छ (पूर्णपाठ)

नेपालभ्युज

एकीकृत समाजवादीको निर्णय- सहकारीको रकम अपचलनमा छानबिन समिति गठन हुनुपर्छ (पूर्णपाठ)
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारीमा जम्मा भएको रकम अपचलनका सन्दर्भमा छानबिन समिति गठन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।

‘कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानबिन समिति गठन गरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ’, जेठ १ र २ गते बसेको केन्द्रीय समितिको बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।

यद्यपि, सो पार्टीले संसदीय छानबिन समिति वा अन्य समिति गठनको विषय भने प्रष्ट खुलाएको छैन । नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेर सदन अवरोध गर्दै आएको छ ।

यस्तो छ एकीकृत समाजवादीको बैठकले पारित गरेका प्रस्तावहरूः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved