गिरिबन्धु टी स्टेटबारे ओलीलाई देउवाको प्रश्नः अदालतले भनेपछि आफूले गरेको हो भन्न के आपत्ति ?

नेपालभ्युज

गिरिबन्धु टी स्टेटबारे ओलीलाई देउवाको प्रश्नः अदालतले भनेपछि आफूले गरेको हो भन्न के आपत्ति ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टी स्टेटको जग्गा बिक्री कांग्रेसको पालामा नभएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अदालतले फैसला गरेपछि गिरिबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे ।

‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि ।’ देउवाले भने ।

गलत कुरा ओली सरहको नेताले भन्न नसुहाउने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved