रुसका राष्ट्रपति पुटिन चीनमा, अन्तर्राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिएको प्रतिक्रिया

नेपालभ्युज

रुसका राष्ट्रपति पुटिन चीनमा, अन्तर्राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिएको प्रतिक्रिया

काठमाडौं । युक्रेनसँग युद्धरत रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणका क्रममा बेइजिङ पुगेका छन् । आज बिहान चीन पुगेका पुटिनले राष्ट्रपति सी चिन फिङसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई मुलुकबीच वृहत रणनीतिक साझेदारी सम्बन्धि सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ । रूस र युक्रेनको युद्ध भएपछि पुटिनको चीनका राष्ट्र प्रमुखसँगको यो तेस्रो भेट हो । सीसँगको वार्तापछि पुटिनले अन्तर्राष्ट्रिय मुद्दामा रुस र चीन एकै ठाउँमा उभिएको प्रतिक्रिया दिएका छन् ।

दुई दिने औपचारिक भ्रमणका लागि बेइजिङ उत्रिनुअघि उनले चिनियाँ सञ्चार माध्यमसँग पनि कुराकानी गरेका थिए । सिन्ह्वासँगको कुराकानीमा पुटिनले युक्रेनसँग संवादका लागि आफू तयार रहेको पनि बताएका छन् ।

युद्धमा संलग्न सबै राष्ट्रहरुको हित हुनेगरी सहमतिका लागि रूस बाधक नरहेको पुटिनको भनाइ छ । पुटिनको चीन भ्रमणलाई पश्चिमा राष्ट्रहरूले नजिकबाट नियालेका छन् ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफ्नो सबै विदेश यात्रा स्थगन गरेका छन् । पुटिनको चीन भ्रमणका बीचमा उनले विदेश यात्रा स्थगन गरेको बताइएको छ । जेलेन्स्की यस हप्ता पोर्चुगल र स्पेन भ्रमणको तयारीमा थिए ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved