एकीकृत समाजवादीले आगामी महाधिवेशनमा साझा दस्तावेज लैजाने

नेपालभ्युज

एकीकृत समाजवादीले आगामी महाधिवेशनमा साझा दस्तावेज लैजाने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी महाधिवेशनमा साझा दस्तावेज पेश गर्ने भएको छ । पार्टीको सचिवालय बैठकले महाधिवेशनमा साझा दस्तावेज पेश गर्ने निर्णय गरेको हो ।

पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरूले सुझावसहित अनुमोदनका लागि सचिवालयमा पठाउन सिफारिस गरेको थियो ।

पार्टीको अब बस्ने सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एक मात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रिय सदस्य सुदेश पराजुलीले बताए ।

समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved