आइपीएलमा राजस्थानको लगातार चौथो हार

नेपालभ्युज

आइपीएलमा राजस्थानको लगातार चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किङ्ससँग ५ विकेटले पराजित भएको छ ।

राजस्थानको यो लगातार चौथो हार हो । १४५ रनको लक्ष्य पाएको पञ्जाबले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गरयो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२/ २२ र आशुतोष शर्माले १७ रन जोडे ।

राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई/दुई र ट्रेन्ट बोल्टले एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो ।

यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ । प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved